काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरिएको भएपनि यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख पनि राणा नै प्रधानन्यायाधिश हुने करीब करीब निश्चित जस्तै थियो ।
यस अघि बसेका तीन वटा बैठक निश्कर्षविहिन हुँदै स्थगित हुँदै आएकोमा परिषद्को चौथो बैठकले प्रधानन्यायाधीशको टुंगो लगाएको हो ।