काठमाडौं । वाइडबडी खरिद प्रक्रिया छानबिन गर्न ७ सदस्यीय उपसमिति गठन गरिएको छ ।
संसदको लेखा समितिले सांसद राजन केसीको नेतृत्वमा उपसमिति गठन गरेको हो ।
उपसमितिमा प्रेम आले, कृष्णलाल महर्जन, प्रदीव यादव, चन्दा चौधरी, धर्मशीला चापागाईं र मीना सुब्बा रहेका छन् ।
१५ दिन भित्र उपसमितिले वाइडबडी खरिद सम्बन्धमा उठेका विषयसहितको प्रतिवेदन तयार पारेर समितिलाई बुझाउने छ ।