ओली इतिहासकै बलियो प्रधानमन्त्री :  काङ्ग्रेस नेता थापा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ओली इतिहासकै बलियो प्रधानमन्त्री :  काङ्ग्रेस नेता थापा


प्रशासन संवाददाता

२५ मंसिर २०७५, मंगलबार


उर्लाबारी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले विपी कोइरालाको २ तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे ।

उनले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताए । उनले सरकारको बारेमा आलोचना गरे भन्दा पनि अबका ४ वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस