आज पनि जारी अन्तरप्रदेश परिषद् बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज पनि जारी अन्तरप्रदेश परिषद् बैठक


२४ मंसिर २०७५, सोमबार


काठमाडौं । अन्तरप्रदेश परिषद्को बैठक आज पनि जारी छ।

आइतबारको बैठकमा प्रदेश १,२,३र ४ का मुख्यमन्त्रीले आ आफ्नो धारण राखेका थिए । आजको बैठकमा प्रदेश ५, ६ र ७ का मुख्यमन्त्रीहरुले आफ्नो धारण राख्ने कार्यक्रम रहेको छ ।

आइतबारको बैठकमा संघीय सरकारले समन्वय नगर्दा काम गर्न असहज भएको, कर्मचारी नभएको, बजेट नदिइएको तथा प्रादेशिक सरकारले प्रभावकारी काम गर्न नसकेको कारण संघीयताप्रति नै प्रश्न उठेको गुनासो गरेका थिए।

आजको बैठकमा संघीयता कार्यन्वयनका प्रधानमन्त्री कार्यलय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवहरुले जानकारी गराएका छन्।

परिषद्मा प्रधानमन्त्रीसहित संघीय सरकारका गृहमन्त्री, अर्थमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ।

संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश– प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न एक अन्तरप्रदेश परिषद् रहने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस