तीन सचिवको सरुवा, स्वास्थ्य मन्त्रालयमा केदारबहादुर अधिकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन सचिवको सरुवा, स्वास्थ्य मन्त्रालयमा केदारबहादुर अधिकारी


२३ मंसिर २०७५, आइतबार


काठमाडौं। सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका मधुप्रसाद रेग्मीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वाथ्य सेवातर्फकै वरिष्ठ चिकित्सकलाई सचिव बनाउने परम्परालाई तोड्दै सरकारले प्रशासनतर्फका अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा पठाएको छ । यसअघि सरकारले कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रालयकी सचिव डा। पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो ।

हाल उनलाई प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस