आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आयोगद्वारा छिटो काम गर्न पाँच समिति गठन


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति गठन गरेको छ ।

भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो ।

ती समितिको संयोजकमा क्रमशः अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य विजुल विक दुलाल, प्रवक्ता प्रा. डा. विष्णु पाठकक, सदस्य नरकुमारी गुरुङ र अर्का सदस्य आइबहादुर गुरुङ छन् ।

आयोगका प्रवक्ता प्रा. डा. पाठकका अनुसार आयोगले निर्धारित समयमै काम सम्पन्न गर्नका लागि विभिन्न पाँचवटा समिति बनाएर काम भइरहेको जानकारी दिए । बेपत्ता व्यक्तिको ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरिसकेको उक्त आयोगको म्याद आगामी माघ २७ गते सकिँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस