ज्येष्ठ नागरिकलाई चिसोमा कम्मल वितरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ज्येष्ठ नागरिकलाई चिसोमा कम्मल वितरण


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


हुम्ला । अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिए ।

वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी ७२ लाई कम्मल वितरण गरेको हो । वडाभित्रका २२ जना ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, २४ जना एकल महिला र परिचयपत्र भएका १३ जना अपाङ्गता भएका व्यक्तिलाई सोमबार कम्मल वितरण गरेको वडाध्यक्ष थापाले बताउए ।

प्रतिक्रिया दिनुहोस