विदेशी मुद्राको विनिमय दर बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विदेशी मुद्राको विनिमय दर बढ्यो


प्रशासन संवाददाता

१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको मूल्य मंगलबार केही बढेको छ ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ५० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २६ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस