छिन्नमस्ताबाट लागुऔषधसहित ३ जना पक्राउ « प्रशासन
prasaLogo
१८ मंसिर २०७५, मंगलवार

छिन्नमस्ताबाट लागुऔषधसहित ३ जना पक्राउ


प्रकाशित मिति : 4 December, 2018 8:28 am

सप्तरी । भारतबाट लागुऔषध ओसारिरहेका ३ जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ ।

छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् । प्रहरीले जाँचका क्रममा देवको साथबाट नाइट्रोभेट १५० ट्याब्लेट, गुप्ताको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट र मण्डलको साथबाट डिएलेक्स डिएल तीन बोतल बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस