थ्रेसरमा परी बालिकाको मृत्यु « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

थ्रेसरमा परी बालिकाको मृत्यु


८ मंसिर २०७५, शनिबार


बालक

लमही । धान दाउने क्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेशिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस