अमेरिकामा ‘थ्याङक्स गिभिङ डे’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकामा ‘थ्याङक्स गिभिङ डे’


अर्जुन भण्डारी

७ मंसिर २०७५, शुक्रबार


थ्याङक्स गिभिङ डे

धन्यवाद ज्ञापन गर्ने दिन, थ्याङक्स गिभिङ डे विश्वका धेरै देशको राष्ट्रिय पर्व हो । यो उत्सव अमेरिका, क्यानडा, क्यारेवियन आइल्यान्ड र लाइबेरिया लगायतका मुलुकमा विभिन्न समयमा मनाउने गरिन्छ । क्यानडामा अक्टोबर महिनाको दोस्रो सोमवार मनाइन्छ भने अमेरिकामा नोभेम्बर महिनाको चौथो बिहीबार धूमधामसँग उत्सवका रूपमा मनाउने प्रचलन छ । यस वर्ष सन् २०१८ मा क्यानडामा अक्टोबर ८, लाइवेरियामा नोभेम्बर १, नरफोल्ड आइल्यान्डमा नोभेम्बर २२ मा उत्सव मनाउने दिन परेको छ ।

थ्याङक्स गिभिङ डे अमेरिकाको राष्ट्रिय पर्व र सार्वजनिक बिदाको दिन हो । यसको धार्मिक संस्कृतिसँग गहिरो सम्बन्ध रहेको छ । यसको सुरुवात अमेरिकामा सन् १७८९ नोभेम्बर २६ देखि राष्ट्रपति जर्ज वासिङटनले गरेका हुन । सन् १८६३ मा यो उत्सवको लागि राष्ट्रपति अव्राहम लिङकनले नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाउने घोषणा गरेसँगै सन् १९३९ सम्म यो दिन मनाउने प्रचलन रह्यो । त्यसपछि सन् १९३९ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रुजवेल्टले नोभेम्बर महिनाको चौथो बिहीबार मनाउने घोषणा गरेसँगै यो नियम सन् १९४१ सम्म कायम रह्यो र स्थायी रूपमा नियमित नोभेम्बर महिनाको तेस्रो बिहीबार मनाउने प्रचलन अमेरिकाको संघीय कानुनले व्यवस्था गरेसँगै हालसम्म सोही अनुसार मनाइँदै आएको छ । यो उत्सवका दिनमा छिमेकी, आफन्त, परिवार, साथीभाइ भेटघाट गरी रमाइलो गर्ने, सँगै टर्की विशेष खाना खाने र धन्यवाद साटासाट गर्ने रहेको छ ।

थ्याङक्स गिभिङ डे र टर्की चरा
अमेरिकामा यो उत्सवको अनौठा विशेषता रहेका छन् । यस दिन अमेरिकामा प्रसिद्ध टर्की चराको मासुका विभिन्न परिकारहरू खाने चलन छ । राष्ट्रिय टर्की संघका अनुसार सन् २०१७ को थ्याङक्स गिभिङ डे मा अमेरिकामा ४५ लाख टर्की चराको व्यापार भएको थियो । यस वर्ष पनि करिब ६० लाख चराको किनबेच व्यापार हुने अनुमान गरिएको छ । एक टर्की चराको तौल औसत ४० पाउण्डसम्म हुन्छ । यस वर्ष दक्षिण डाकोटाबाट अमेरिकाको वासिङटन डी.सी.मा चराहरू ल्याइनेछ । अमेरिकन फार्म व्यूरो अनुसार यस वर्षका थ्याङक्स गिभिङ डे मा १० जना व्यक्तिहरूका लागि ४८.९० डलर डिनर मूल्य हुनेछ । जुन डिनरसँग टर्की चराको मासु, रोल, मिठो आलु, हरियो केराउ, भेगी ट्रे, गाँजर, फर्सी, दूध र कफी जस्ता परिकार हुनेछन् । एक अमेरिकन सर्वेक्षण अनुसार यस उत्सवका दिनमा अमेरिकाका उच्च घरानिया व्यक्तिहरूले डिनरमा ३३४ देखि १००० डलरसम्म खर्च गर्ने अनुमान गरिएको छ । अमेरिकाको क्यालोरी नियन्त्रण परिषद्का अनुसार यो उत्सवका दिनमा अमेरिकन नागरिकहरूले ४५०० क्यालोरी भन्दा बढी खाने भएता पनि टिपिकल खाना र त्यसको क्यालोरी ३१५० अनि फ्याट्ट १५९ ग्रामसम्म हुने बताएको छ । अमेरिकाको सरकार नागरिकको स्वास्थ्य प्रति बढी संवेदनशील छ । एएए न्यूजका अनुसार आज नोभेम्बर २२ को यस उत्सवमा ५४.३ लाख अमेरिकाका बासिन्दाहरूले ५० माइल भन्दा बढीको यात्रा गर्नेछन् । यो प्रतिशत सन् २०१७ को भन्दा ४.८ प्रतिशत बढी सङ्ख्या हो ।

थ्याङक्स गिभिङ डे को अनौठा तथ्य
अमेरिमा थ्याङक्स गिभिङ डे का दिनमा केही अनौठा तथ्यहरू भएका छन् । ती मध्ये केही खोज भए अनुसार निम्न रहेका छन् ।
-यस उत्सवका दिनमा राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिने विषयमा ‘म्यारी ह्याड अ लिटिल ल्याम्व’ साहित्यका लेखक सरह जोसेफको महत्त्वपूर्ण योगदान रहेको छ । सन् १८६३ मा जोसेफले यस दिन सार्वजनिक बिदा दिन अनुरोध पत्र राष्ट्रपति अव्राहम लिङ्कनलाई लेखेका थिए । यस दिन बिदा दिने प्रचलन अमेरिकामा सन् १८६३ देखि सुरु भएको हो ।

-फ्रान्सको पेरिसमा थ्याङक्स गिभिङ ग्रोसरी पसल रहेको छ । यस पसलमा यस उत्सवका दिन खाइने विशेष अमेरिकन खाना जस्तै स्किपी पी नट बटर, जेलो इन्सटन्ट पुडिङ, पप टार्ट जस्ता सामान बिक्री गरिन्छ ।

-थ्याङक्स गिभिङ डे को भोलिपल्टको दिनलाई ब्राउन फ्राइडे भन्ने चलन छ ।

-सन् २०१३ मा अमेरिकाको एलखर्ट इन्डियनामा रहेको पिजा हट फ्रेन्चाइजका मेनेजर टोनी रोहर लाई थ्याङक्स गिभिङ डे कै दिन बर्खास्त गरिएको थियो । जसको कारण सबै कामदाहरुले आफ्ना परिवारका सदस्यहरूसँग बसेर उत्सव मनाउन अवसर पाएका थिए । पछि टोनी रोहरलाई मेनेजरका रूपमा पुनः जागिरमा राखिएको थियो ।

(लेखक मानवियता सम्बन्धी नेपालबाट मानार्थ ग्लोबल गुड विल एम्वास्डर पनि हुन्)

प्रतिक्रिया दिनुहोस