नगरप्रमुखद्वारा तलब भत्ता विद्यालयलाई « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नगरप्रमुखद्वारा तलब भत्ता विद्यालयलाई


प्रशासन संवाददाता

६ मंसिर २०७५, बिहिबार


राजापुर । बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्नु पर्ने भन्दै आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका छन् । नगरप्रमुख क्षेत्रीले भने, ‘राजनीति जनताका लागि गर्ने हो, पैसा कमाउन होइन ।’

उनले नगरपालिका–१ सूर्यपटुवाअन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयलाई ३ महीनाको तलब रु एक लाख ५ हजार सहयोग गरेका छन् । होटल व्यवस्थापन कक्षा सञ्चालन र भौतिक पूर्वाधार विकास लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सवमा उनले सो रकम सहयोग गरेका हुन् ।

उनले भने, ‘यहाँबाट नै आफ्नो सामाजिक कार्यको शुरुआत गरेको छु ।’ क्षेत्रीले यसअघि एक महीना बराबरको तलब बिरामीको उपचारका लागि खर्च गरेका हो । प्रत्येक वडामा प्रविधिक कक्षा सञ्चालनार्थ र भौतिक अवस्था कमजोर रहेका विद्यालयलाई सहयोग गर्ने उद्देश्य लिएको बताउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस