२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला फेरे पनि चरा देखाउने पेशा फेरिएन दिनेशको

अ+ अ-

काठमाडौं । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन ।

दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उनी छाँगाबाट खसेजस्तै भए । विसं २०७१ पुसको कुरा हो । ‘यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन’, गिरीले त्यो क्षण सम्झँदै भने, ‘आज पुरानो पेशामा पुनः फर्किन पाए, मैले नयाँ जीवन पाए ।’ चौबीस वर्षअघि पर्यटन क्षेत्रको पथप्रदर्शकको तालीम लिएपछि गिरी जङ्गलमा चरा देखाएर पर्यटक डुलाउने पेशामा लागेका थिए । पेशा चल्दै गर्दा २०७१ पुसमा दुवै मिर्गौलाले काम गर्न छाड्यो । उनले हरेस खाएन ।

घरपरिवारले केही हुन्न भनेर सम्झाइरहन्थे । उनको मिर्गौला फेरियो तर पर्यटकलाई चरा देखाउने पेशा भने फेरिएन । गिरी अहिले पनि पहिला जस्तै चराको खोजअनुसन्धान, अनुगमनदेखि पर्यटकलाई चरा घुमाउन जङ्गल जङ्गल धाउनु हुन्छ । ‘बिरामी हुनुअघि र पछिको काममा कुनै फरक छैन,’ उनले भने, “मासिक रु १८ हजारदेखि रु २० हजारको औषधि लिएर काममा खटिनुपर्छ ।’ यसपटक उनलाई तिहारमा समेत फुर्सद भएन ।

गोबद्र्धन पूजाको दिन उनी आइविसविल चरा देखाउन दुई अष्ट्रेलियन नागरिक क्लाइड र पिटरलाई लिएर मकवानपुरको राप्ती खोला पुगे । भाइटीकाको दिन २ हजार ८०० मिटर उचाइमा रहेको पोखराको ठूलोखर्क (अष्ट्रेलियन क्याम्प) मा पुगेर पर्यटकलाई चरा देखाए । अहिलेको समयमा चरा बसाइँ सरेर सोही बाटो हुँदै नेपाल आउँछन् । चरा हेर्न त्यहाँ ठूलै भीड लाग्छ ।

गिरीले औषधि खान एक कट्ठा जग्गा बेचेर पैसा बैंकमा राख्ने भएका छन् । उनी त्यसैको व्याजले औषधि खाने गर्छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि गिरीलाई पर्यटन क्षेत्रमा लागेका स्वदेशी तथा विदेशीले समेत सहयोग गरेका थिए । झण्डै रु १५ लाख खर्च गरेर उनले आफ्नै भाइ टीका गिरीको मिर्गौला प्रत्यारोपण गरेका थिए । ‘अहिलेसम्म कुनै समस्या देखिएको छैन,’ उनले भने ।

हिमाली क्षेत्र जाने गिरीले योजना बनाएका छन् । मिर्गौला प्रत्यारोपण गरेको १ वर्षपछि उनले आफ्नो कामलाई निरन्तरता दिए । अहिले प्रायः उनले जङ्गलमै चरा हेरेर समय बिताउने रेका छन् । गिरी भन्छन्, ‘मलाई आत्मविश्वास र परिवारको साथ छ, आत्मविश्वास भयो भने रोगलाई जित्न सकिन्छ भन्ने लाग्छ ।’ पर्यटन व्यवसायी शीरलाल परियार उनी पुरानै पेशामा फर्किनु नै महत्वपूर्ण कुरा हो भन्छन् । ७ दाजुभाइका माइला गिरी रोगविरुद्ध आत्मविश्वास जरुरी रहेको सुझाव दिन्छन् ।

जुन चरा देखे पनि फरक लाग्ने, उनीहरुका गतिविधि नै नौलो र चाख लाग्ने भएकाले पर्यटक पथप्रदर्शक हुँदैदेखि चरा देखाउने पेशामा आकर्षित भएका छन् । त्यसैले उनी चरा हेर्नकै लागि पर्यटक लिएर ६० जिल्ला पुगे । नेपालमा चरा हेर्नकै लागि आउने पर्यटक धेरै छन् । चराले के खान्छ, कस्तो वनस्पति रुचाउँछ, कहाँ गुँड बनाउँँछ, यी सबै कुरामा पर्यटक केन्द्रित हुन्छन् । कतिपय चरा यती सुन्दर हुन्छन्, त्यो हेरेर नै आनन्द लाग्ने उनी बताउछन् ।

वर्षौँदेखि हेरे पनि हरेक चरा पटकैपिच्छे नयाँ लाग्ने हुन्छ । त्यही भएर पर्यटक नेपाल आउँछन् । चरा अवलोकनकै क्रममा सन् २०१२ मा उनले कोशीमा रेड थ्रोटेट लुन भन्ने चराको अभिलेख गरेको बताए । नेपाल चरा पर्यटनका लागि आकर्षक गन्तव्य भए पनि सरकारको ध्यान नपुगेको गुनासो उनको छ । संरक्षण र प्रचारप्रसार गरी नेपालमा यति धेरै चरा पाइन्छन् भनेर विदेशमा जानकारी दिए चरा पर्यटनको भविष्य राम्रो रहेको उनको प्रतिक्रिया छ ।

गिरीलाई शुरुमा उच्च रक्तचाप थियो । उनी शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र काठमाडौंमा पुगेर बेलाबेलामा उपचार गर्थे । त्यो बेला उनी लुम्बिनी बुद्ध गार्डेन होटलमा चराकै क्षेत्रमा काम गर्थे । पर्यटक घुमाउने क्रममा २०७१ पुसमा खुट्टा सुन्निने तथा हिँड्न गाह्रो भयो । यस्तै अवस्थामा उनले काठमाडौँ पुगेर चितवनसम्म पर्यटकलाई ल्याई जङ्गल घुमाए ।

त्यसपछि गङ्गालालले किड्नीमा समस्या देखाएपछि वनस्थलीस्थित मिर्गौला प्रत्यारोपण केन्द्रमा परीक्षण गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो । ‘मलाई बाँच्दिन भन्ने लाग्यो,’ गिरीले भने, ‘भाइ टीकाले दाइ नआत्निुस् भनेपछि साहस बढ्यो ।’ भाइको मिर्गौला आफ्नोमा प्रत्यारोपण गरिएपछि गिरी पुरानै पेशमा फर्किएका छन् ।