गैरसरकारी संस्था महासंघ डोटीको अध्यक्षमा कठायत चयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैरसरकारी संस्था महासंघ डोटीको अध्यक्षमा कठायत चयन


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७५, मंगलबार


गैरसरकारी संस्था महासंघ

गैरसरकारी संस्था महासंघ डोटी शाखाको सातौं अधिवेशनले रघु कठायतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष लालवहादुर बिक, सचिव सिद्धराज जोशी, सहसचिव लक्ष्मी वम र कोषाध्यक्ष यशोदा शाह रहेका छन् ।

यस्तै सदस्यहरुमा नरेश ओझा, सिता विक, लोकवहादुर बोहरा, राजकुमार खड्का, शारदा बिष्ट र तिर्थराज पन्त चयन भएका छन् । गैरसरकारी क्षेत्रको अभियान एकताबद्ध रुपमा अगाडी बढिरहेको सन्देश दिनका लागि आफुहरुले सर्वसम्मत नेतृत्व चयन गरेको नवनिर्वाचित अध्यक्ष कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस