रिभल्बर र लागुऔषधसहित दुई पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रिभल्बर र लागुऔषधसहित दुई पक्राउ


४ मंसिर २०७५, मंगलबार


काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियारलाई काठमाडौं -३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको छ ।

भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस