भक्तपुरमा सालकको खबटासहित एक पक्राउ « प्रशासन
prasaLogo
३० कार्तिक २०७५, शुक्रबार

भक्तपुरमा सालकको खबटासहित एक पक्राउ


प्रकाशित मिति : 16 November, 2018 11:41 am

भक्तपुर । दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । तामाङलाई वन्यजन्तु ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस