विश्वकै अग्लो मूर्ति बनाउन ३३ लाख सङ्कलन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकै अग्लो मूर्ति बनाउन ३३ लाख सङ्कलन


२९ कार्तिक २०७५, बिहिबार


कुश्मा । पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन ३३ लाख सङ्कलन भएको छ ।

मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि वि.सं. २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताए ।

शिव पार्वतीको मूर्ति बनाउन रु एक लाख दिने १५१ जनालाई आयोजक बनाउने आयोजक समितिका संयोजक डा चुडामणि शर्माले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस