मालपोत कार्यालयका तीन कर्मचारी ५० हजार घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मालपोत कार्यालयका तीन कर्मचारी ५० हजार घुससहित पक्राउ


२८ कार्तिक २०७५, बुधबार


घुस

काठमाडौं । मालपोत कार्यालय कास्कीमा कार्यरत तीन कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस माग गरेको अवस्थामा तीनै जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मालपोत कार्यालयकास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मा रहेका छन् ।

निज तीनै जनाले जग्गा धितो बन्धक पास गर्ने सिलसिलामा सेवा ग्राहीसँग घुस माग गरेको बुझिएको छ । उनीहरुले आपसी मिलेमतोमा घुस लिएको अख्तियारका  प्रवक्ता रामेश्वर दंगालले बताएका  छन् ।

पक्राउ परेका तीनै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुने गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता दंगालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस