सुजाता निवासमा कांग्रेस नेताको लञ्च मिटिङ्ग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुजाता निवासमा कांग्रेस नेताको लञ्च मिटिङ्ग


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई इतिहासमै कमजोर बनाएको निष्कर्षमा पुगेका केही चर्चित नेताहरुले महासमितिलाई लक्षित गरेर जमघट सुरु गरेका हुन् ।

सोमबार मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको कांग्रेसको भूमिका कमजोर हुँदै जानुका साथै सभापति देउवाको भूमिका सन्तोषजनक नदेखिएकोले पार्टीलाई सक्रिय बनाएर अघि बढ्नुपर्ने कुरामा छलफल भएको एक नेताले बताए । ने निचोड पनि निकालेको थाहा भएको छ ।

विधान संशोधनको प्रक्रिया चलिरहँदा पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने मण्डिखाटारको भोजमा देखिएनन् ।

प्रतिक्रिया दिनुहोस