सामाजिक सेवाको लागि देउसी–भैलो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सामाजिक सेवाको लागि देउसी–भैलो


२२ कार्तिक २०७५, बिहिबार


म्याग्दी । तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ।

यहाँका सामुदायिक विद्यालय, संघ संस्था, युवा क्लब, आमा समूहलगायतले तिहारको अवसरमा आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी–भैलो आयोजना गर्दै आएका हुन्।

बेनीको शिवालय मन्दिर संरक्षण समितिले ७ सय वर्ष पूरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसारले यस्तो कार्यक्रम अघि बढाएको छ।

म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्यले पनि भैलो खेलिएकोे उक्त समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताए।

म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी संघले पनि कला संस्कृतिको संरक्षणसँगै कोष वृद्धि तथा भ्रमण वर्षलाई लक्षित गतिविधि सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको छ।

नवीन आनन्द योग केन्द्रले योगाश्रम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष नवीन जुक्जालीले बताए।

परम्परालाई आधुनिक बनाउन देउसी–भैलोमा थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य समावेश गरिएका छन्।

देउसी–भैलोमा मौलिकपन बढ्दै जाँदा यसको मर्म नै मेटिने खतरा रहेको ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए।

उक्त कार्यक्रम संगीतमय बनाउनाका साथै नृत्य कला भएका कलाकारका लागि आम्दानीको स्रोत बनेको छ।

विभिन्न संघ संस्थाले गाउने र नृत्य गर्ने कलाकारलाई आकर्षक पारिश्रमिक दिएर देउसी–भैलो खेल्न लगाइएकोे कलाकार रवि कार्कीले बताए। रासस

प्रतिक्रिया दिनुहोस