२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी पुगेपछि स्थानीयवासी खुशी

अ+ अ-

बेझाड ।  बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लो थरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य पूर्वखोला गाउँपालिका–१ स्थित उक्त स्थानका बासिन्दालाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो तर अहिले घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू खुसी भएका छन् । खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनत पछि खानेपानी तथा सरसफाइ कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुर्‍याइएको छ ।

बिहान झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउनुहुन्छ । ‘बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्यो तर अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाएका छौँ ‘, उनले भने ।

उक्त आयोजनामार्फत यहाँका ६० घरधुरीमा गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको छ । सो आयोजनाका लागि २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी ४९ वटा धारा घरघरमा जडान भइसकेको छ । नेपाल सरकारको रु ४२ लाख अनुदान र स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी रू ५३ लाख बराबरको लागतमा सो आयोजना सम्पन्न भएको संयोजक मानबहादुर बयम्बु बताछन् । रासस