एक विदेशी पर्यटकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक विदेशी पर्यटकको मृत्यु


प्रशासन संवाददाता

२१ कार्तिक २०७५, बुधबार


रसुवा  ।  लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा मृत्यु भएको छ ।

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँ तर्फ फर्कने क्रममा रहेको थियो । उनको साथमा श्रीमती समेत रहेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस