२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

अ+ अ-

धनुषा । जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ ।

असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो ।

दीपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोस्रो ठूलो चाडको रुपमा लिइन्छ । तराई मधेशका बजारमा अहिले दीपावलीको लागि किनमेल गर्नेले छठ पूजाका लागि पनि बन्दोबस्ती गरिसकेका छन् ।दीपावली सकिएलगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा लाग्ने साप्ताहिक हाट सखुवा र नयाँबजारको सडकमा पसलेले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामग्री र माटाका सामग्रीका करीब २०० को सङ्ख्यामा पसल सञ्चालन गरिसकेका छन् ।

दीपावली र छठको सरसामान एकै पटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीय दुवै चाडका सामग्री किनमेलका लागि बजार धाउँदै छन् । सोमबार महेन्द्रनगर नयाँ बजारमा छठका लागि बाँसको चोयाबाट बनाइएको टोकरी किन्दै गरेका महेन्द्रनगर कुचाइ टोल बस्ने गीता देवीले भनिन्, “अहिले दीपावलीमै किन्यो भने छठका बेला फेरि बजार धाउनु पर्दैन ।”

छठका बेला बजारमा दीपावलीको भन्दा अझ बढी भीडभाड हुने भएकाले दीपावलीकै किनमेलका बेला छठको लागि सामान किनेको पनि उनले बताइन् । नयाँ बजारमा बाँसको टोकरी र नाङ्लोको पसल थापेका हरिहरपुरका सुरेन्द्र सिंहले पनि छठपूजा गर्नेले दीपावलीकै बेलादेखि छठका सामानको किनमेल शुरु गरिसकेको बताए ।

“छठ पूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा (टोकरी) र सुपली अनिवार्य चाहिन्छ, उनले भन्छन्”, तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उनले बताए । छठ पर्वका लागि नदी, पोखरी, ताललगायत जलाशयमा छठीघाटको सरसरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ । नदी, तलाउ, पोखरीलगायत जलाशयमा सरसफाइ गरेर त्यहाँ आकर्षक ढङ्गले टेन्ट पण्डाल र झिलिमिली बिजुली बत्तीले सजाउने काम भइरहेको छ ।

तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् । संस्कृतविद् रमापति चौधरीका अनुसार छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराई मधेशलाई जोड्ने साझा पर्वका रुपमा विकास हुँदै आएको छ । रासस