सुपथ मूल्य पसल सञ्चालनमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुपथ मूल्य पसल सञ्चालनमा


प्रशासन विशेष ब्युरो

१९ कार्तिक २०७५, सोमबार


सुपथ मूल्य पसल

डोटी । तिहारको अवसरमा गाउँपालिकावासीलाई सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ के आई सिंह गाउँपालिकाले सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ ।

गाउँपालिकाका पाँच स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरूबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मुख्यमा उपलब्ध गराइने भएको छ । चिनी प्रति किलो ६० रुपैयाँ र नुन प्रति किलो आठ रुपैयाँमा गाउँपालिकावासीहरूलाई उपलब्ध गराउने गरी पसलहरू स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘चाड पर्वको समयमा सर्वसाधारणले सस्तो मुख्यमा उपभोग्य बस्तु पाउन भन्नका लागि हामीले सुपथ मुख्य पसल सञ्चालन गरेका हौँ’ सोमवार वडा नं. ४ वायलमा मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भने ‘यी पसलहरू कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’

पसलहरू सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरूलाई जिम्मा दिएको शाही बताउँछन् । वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि वासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि राना गाउँ र वडा नं. ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिए ।

शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, वासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् ।

गाउँपालिकाले सुपथ मुख्य पसलका लागि सात लाख रुपैयाँ विनियोजन गरेको शाहीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका करिब चार हजार तीन सय परिवारलाई लक्षित गरी पसलहरू सञ्चालनमा ल्याइएका छन् । गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरिद गरी सहकारी संस्थाहरूलाई उपलब्ध गराएको छ । ती सहकारी संस्थाहरूले सुपथ मुख्य पसलबाट सामग्री बिक्री गरिदिए वाफत प्रति किलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएकाको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस