२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी कार्यलयका कर्मचारीको गल्तीले उठीवास

अ+ अ-

गाईघाट उदयपुर । नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका – ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ ।

बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उनको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुगेको हो । श्रीमतीसहित चारजनाको परिवर रहेका पीडित गोलेले बीस वर्ष अघि नै बर्रेको पुर्ख्यौली जग्गा बिक्री गरेर बगाहामा घरसहित डेढ कठ्ठा भन्दा बढी जग्गा खरिद गरी बसोबास गर्दै आएको जानकारी दिन्छन् ।

साविकको देउरी गाविसको कित्ता नं ५५६ को उक्त जग्गा गाईघाट कद्माहा सडक खण्डभन्दा आधा किलोमिटर अर्थात् ५५० मिटर तल बगाहा गाउँमा पर्ने जग्गा सडकको नाममा दर्ता भएको पाएपछि आफू र आफ्ना परिवारको उठीवास हुने अवस्थामा पुगेको श्रीमती आशमाया बताउँछिन् । उनी भन्छिन्,“१२ वर्षअघि गाउँमा जिल्ला नापीबाट कर्मचारी आएका थिए, सोही बेला कर्मचारीले लापर्बाही गर्दा उक्त सडकखण्ड भन्दा टाढा गाउँको आफूहरुको घरजग्गा जग्गा सडकमा नापी दर्ता गरिदिएछन्, अहिले बल्ल आफूहरुले आफ्नो जग्गा बिक्री गर्न लाग्दा पो थाहा भएपछि बेहाल जस्तै भएका छौं ।”

बाह्र वर्ष अघि तत्कालीन जिल्लाका नापी प्रमुख शैलेन्द्रकुमार नेपाली (सुढी) नापी निरीक्षक राजेन्द्र मण्डल, अमिनी सत्यनारायण यादव र खरिदार तस्बीर श्रेष्ठको टोली गाउँमा आएका बेला सोही टोलीको लापर्बाहीका कारण अहिले आफ्नो जग्गा सडकमा परेको मोहनको गुनासो छ ।

केही महीना अघिमात्र आफ्नो घरजग्गा बिक्री गरेर गाईघाटमा सर्ने योजनासहित एक ग्राहकबाट जग्गा बिक्री गर्न पाँचलाख बैनाबट्टा गर्दा आफ्नो जग्गा त आधा किलोमिटर भन्दा परका गाईघाट कद्माहा सडक खण्डमा पो परेको रहेछ भनेर थाहा पाएको मोहन बताउँछन् । गोलेका छिमेकी कुमार थापा भन्छन्,“कसरी आधाकिलोमिटर परको सडकको जग्गा यहाँ आफूहरुको गाउँको घरमा पर्‍यो, हामी सबै जना चकित भएका छौं ।”

आफ्नो जग्गा कर्मचारीको लापर्बाहीले सडकमा परेको थाहा पाएपछि निवेदन गरे पनि नापीका कर्मचारीले यो काम अब आफूहरूबाट नहुने हुँदा अन्य कानूनी उपाय खोेज्नु भनेकाले आफूहरु समस्यामा परेको परेको र कानुनी कारबाहीका लागि खर्चको जोहो गर्न पनि कठिन भएकाले र उठीवास हुने अवस्था आएको श्रीमती आशमाया बताउँछिन्

जिल्ला मालपोत अधिकृत राजकुमार खड्का भन्छन्, “गोले परिवारको जग्गा सडक भन्दा धेरै तल छ, कसरी सडकमा पर्‍यो, त्यसबखत नापी हुँदा कर्मचारीमबाट सामान्य त्रुटि हुन गएको देखिन्छ, अब आफूहरुले सच्याएर हुँदैन, कि त न्यायलय जानुपर्छ, वा मन्त्रिपरिषद्को निर्णयबाट मात्र यो समस्या समाधान हुन्छ ।कर्मचारीको सामान्य त्रुटिका कारण आज बगाहाका चार परिवारको थातथलो नै गुम्ने अवस्था आएपछि अहिले गोले परिवार न्याय खोज्दै भौतारिरहेका छन् ।