गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुण्डा नाइके समीरमानकी श्रीमती पक्राउ


१८ कार्तिक २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले समीरकी श्रीमती माया शेरचन बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

महाशाखाले उनलाई गौचन हत्या, गुण्डा नाइके दावामा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको जनाइएको छ ।

गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि उनको पनि संलग्नता खुलेको देखिएको हो। उनीहरुको बयानको आधारमा  पक्राउ गरेको स्रोतले जानाएको छ ।

पति समीरमान भने अहिले जेलमै छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस