प्रधानमन्त्री ओली बालुवाटार फर्किए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली बालुवाटार फर्किए


प्रशासन विशेष ब्युरो

१६ कार्तिक २०७५, शुक्रबार


प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट शुक्रवार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् ।

छातीमा सङ्क्रमण तथा शरीरमा चिनीको मात्र असन्तुलित देखिएपछि ओली कात्तिक १२ गते बिहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा. दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो ।

प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरूप्रति विशेष आभार प्रकट गरेका छन् भने आफ्नो स्वास्थ्य लाभको कामना गर्ने पार्टी नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकाय, शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस