प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री स्थापित पदमुक्त « प्रशासन
prasaLogo
१६ कार्तिक २०७५, शुक्रबार

प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री स्थापित पदमुक्त


प्रकाशित मिति : 2 November, 2018 4:46 pm

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गरेका हुन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस