पटाका बरामद « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पटाका बरामद


१५ कार्तिक २०७५, बिहिबार


काठमाडौं । काठमाडौं, भक्तपुर, कपिलवस्तु र मोरङबाट विभिन्न प्रकारका पटाका प्रहरीले बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित हारती खाद्यन्न स्टोरबाट अवैधरूपमा बिक्री बितरण गर्न राखेको विभिन्न प्रकारका ६० प्याकेट पटाका बुधबार दिउँसो महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित विभिन्न पसलबाट करिब १२ हजार रूपैयाँ बराबरको विभिन्न किसिमका ६ प्याकेट पटाका बुधबार राति बरामद् गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–१२ स्थित विभिन्न पसलहरुबाट २० प्याकेट पटाका बुधबार राती महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ ।

भक्तपुर नगरपालिका–१० कमलविनायक पोखरीबाट खुर्सानी पटाका १ सय २५ थान र खेलौना बन्दुकमा राखेर पड्काउने–पटका ३० प्याकेट बुधबार साँझ प्रहरीले बरामद् गरेको छ । सोही ठाउँस्थित बच्चाहरूले पटका पड्काउँदै गरेको अवस्थामा प्रहरीलाई देखि छाडी भागेकाले उक्त पटकाहरू प्रहरीले बरामद गरेको हो ।

मोरङ, सुनवर्सी नगरपालिका–८, हर्चनगढीबाट अवैध रूपमा बोरामा लुकाइछिपाई ल्याउँदै गरेको करिब ८२ हजार रूपैयाँ बराबरको खुर्सानी पटाका ४१ बण्डल बुधबार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका हाल नाम, थर, वतन नखुलेका पैदलयात्रीले प्रहरीलाई देखेर फरार भएकाले उक्त पटका प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस