भारतबाट ३७ नेपाली महिलाको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतबाट ३७ नेपाली महिलाको उद्धार


७ कार्तिक २०७५, बुधबार


काठमाडौं । भारतका विभिन्न स्थानहरुबाट ३७ नेपाली महिलाको उद्धार गरिएको छ । मानव तस्कर समुहले खाडी देशमा घरेलु कमदारका लागि लैजान भारतका विभिन्न स्थानमा पुर्याइएका ३७ नेपाली महिलारुलाई उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतीय प्रहरीले नयनखण्डको श्रीजनविहार सोसाइटीको फ्ल्याटबाट २८ जना, ज्ञान खण्डबाट ९ जनालाई उद्धार गरेको छ ।

नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट समेत बरामद भएका छन् । जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ ।

तस्करमा मूख्य तीन व्यक्ति संलग्न

मानव तस्करमा मुख्य तीनजना संलग्न रहेको समाचारमा उल्लेख छ । दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मुख्य व्यक्ति रहेको समाचार छ ।

यिनीहरुले इन्दिरापुरम र दिल्लीको बसन्तकुञ्जको एक फ्ल्याटमा बसेर आवश्यक कागजपत्रदखि लिएर सबै प्रक्रिया पूरा गर्ने गरेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस