यात्रुसँग चर्को भाडा लिँदै यातायात व्यवसायी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यात्रुसँग चर्को भाडा लिँदै यातायात व्यवसायी


३१ आश्विन २०७५, बुधबार


बैतडी । दशैँका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठग्ने गरेका छन् ।

भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले व्यक्त गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्यसमानको पनि सय रुपैया लिने गरेको गुनासो यात्रुको छ ।

यसैगरी अत्तरियादेखि बैतडीको भाडा रु. ६०० रहेको छ तर आफूले रु. एक हजार ५० तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४ बुदखोलाका वीरेन्द्र तिरुवाले बताए ।

दशैंको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस