मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ


३० आश्विन २०७५, मंगलबार


धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।”

मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताए ।

हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस