दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुर्घटनामा दुईको मृत्यु


२८ आश्विन २०७५, आइतबार


कावासोती । नवलपरासीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु २ त ६६७८ नम्बरको ट्र्याक्टर भित्री सडक खण्डमा अनियन्त्रित भई बाटादेखि १५ मिटर तल खोलामा खस्दा चालक प्रतापपुर गाउँपालिका–४ का २६ वर्षीय कर्णवीर यादव र विनयी त्रिवेणी गाउँपालिका–१ खोरखोलाका १४ वर्षीय दुर्गा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

दुर्घटनामा प्रतापुर–४ का १७ वर्षीय अर्जुन चौधरी र १६ वर्षीय सर्वण कोहार घाइते भएकामा दुवैको चोरमारामा उपचार भइरहेकोे छ ।

आजै गैँडाकोट नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा दुई ट्रक ठोकिँदा तीन जना घाइते भएका छन् । गैँडाकोट–३ थुम्सीमा ना ६ख ४३४३ नम्बरको ट्रक र ना १क ७१३३ नम्बरको ट्रक ठोकिँदा बारा, सिमराका ट्रक चालक २८ वर्षीय भूपराज अधिकारी, ट्रकमा सवार सोही स्थानका २२ वर्षीय राम अधिकारी र २१ वर्षीय आकाश सिंह घाइते भएका छन् । उनीहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस