नेपाल-कुवेत श्रम सम्झौता हुने, कुवेतका श्रममन्त्री नेपाल आउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल-कुवेत श्रम सम्झौता हुने, कुवेतका श्रममन्त्री नेपाल आउँदै


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल कुवेत श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौता गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् ।

श्रम मन्त्रालयको जानकारी अनुसार अक्टोबर महिनाको पहिलो साता कुवेती मन्त्री नेपाल आउने भएका थिए । नेपाल पक्षको तयारी नभएपछि उनी एक सााता पछि आउने भएका हुन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरी  मात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।

हाल कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । अहिले श्रम स्वीकृति बन्द भएको छ । अबैध बाटोबाट नेपाली महिलाहरु कुवेत जाने गरेको पाइएको छ । घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । त्यसका लागि कुवेतका मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।

कुवेत नेपाली महिलाहरुका लागि घरेलु कामदारको आकर्षक र सुरक्षित गन्तव्य हो । श्रम स्वीकृति बन्द भएपछि पनि तेस्रो मुलुक हुँदै अवैध रुपमा नेपाली महिला जाने क्रम रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस