निर्मला हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित(पत्रसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित(पत्रसहित)


२२ आश्विन २०७५, सोमबार


निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् ।

निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् । मृत निर्मलाको लुगा पखालेकोमा चाँदनी साउदलाई निलम्बन गरिएको हो । घटनाको प्रमाण नष्ट गर्नेमा शंकास्पद गतिविधि गरेकोले निलम्बन गरिएको जनाइएको छ ।

यस अघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एककेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएकोमा प्रहरीले अझैसम्म अपराधि पत्ता लगाउन सकेको छ्रन । उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस