तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली कञ्चनपुरबाट पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली कञ्चनपुरबाट पक्राउ


१९ आश्विन २०७५, शुक्रबार


कमल ज्ञवाली कञ्चनपुरबाट पक्राउ

काठमाडौं । तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् ।

ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७३ जेठमा ज्ञवालीलाई बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गर्दै १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसपछि उनी फरार भएका उनलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको र आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस