एभरेष्ट प्रिमियर लिग मङ्सिर २२ देखि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एभरेष्ट प्रिमियर लिग मङ्सिर २२ देखि


१८ आश्विन २०७५, बिहिबार


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता–२०१८ आगामी मङ्सिर २२ गतेदेखि हुने भएको छ ।

आयोजक इपिएल प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको इपिएल आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यस संस्करणको इपिएलमा दैनिक एक खेल मात्र गर्ने छ । यो खेललाई गत वर्षभन्दा अझ भव्य बनाउने आयोजकले तयारी गरिरहेको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस