सामुहिक बलात्कारमा पक्राउ परेका आठ जनालाई अदालत पेस गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामुहिक बलात्कारमा पक्राउ परेका आठ जनालाई अदालत पेस गरिने


१८ आश्विन २०७५, बिहिबार


जबर्जस्ती करणी

काठमाडौं । कालिकोटमा सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका आठ जनालाई भोलि शुक्रबार अदालत पेस गरिने भएको छ ।

कालिकोटको खडाचक्र नगरपालिका–१० की १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा असोज ९ गते राति पक्राउ परेका हुन् । पक्राउ परेपछि उनीहरुले बलात्कार गरेको स्विकारेका छन् ।

उनीहरुले ती युवतीमाथि असोज ९ गते बेलुका ६ बजे धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा सामूहिक बलात्कार गरेका थिए।

पक्राउ पर्नेमा खडाचक्र नगरपालिका –९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, २० वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक, खडाचक्र–१० का १७ वर्षीय पर्व विक, १६ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक रहेका छन् भने २ जना अझै फरार छन्।

प्रहरीले उनीहरुमाथि १० दिनको म्याद लिएर अनुसन्धान गरेको हो । सबै जनाले मादक पदार्थ सेवन गरेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस