निर्मला बलात्कार पछि हत्या प्रकरण थप रहस्यमयः एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मला बलात्कार पछि हत्या प्रकरण थप रहस्यमयः एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन


१४ आश्विन २०७५, आइतबार


निर्मला बलात्कार पछि हत्या प्रकरण

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा विवादित बनेका प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्ट लगायत तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ।

उच्च स्रोतका अनुसार एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको परीक्षण रिपोर्ट आएको र तीनै जनाको डिएनए मेल नखाएको बताइएको छ । आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ।

यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनए परीक्षण गरेको थियो। डिएनए परीक्षणमा उनको स‌ंलग्नता नदेखिएपछि उनी रिहा भईसकेका छन् ।

प्रहरी प्रधान कार्यालयले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो। गृह मन्त्रालयमा बसेको बैठकले भदौ ९ गते एसपी विष्टलाई निलम्वन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस