नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र माडागास्करबीच कूटनीतिक सम्बन्ध स्थापना


११ आश्विन २०७५, बिहिबार


काठमाडौं । नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

अब नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको जनाइएको छ ।

माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो हिन्द महासागरमा अवस्थित द्वीप मुलुक हो । माडागास्कर विश्वकै चौथो ठूलो द्वीप हो । यसको राजधानी अन्तनानरिभो हो र यस मुलुकमा सन् २०१६ मा दुई करोड ४८ लाखभन्दा बढी जनसङ्ख्या भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस