बालिका बलात्कारपछि हत्या आरोपमा एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालिका बलात्कारपछि हत्या आरोपमा एक पक्राउ


१० आश्विन २०७५, बुधबार


पोखरा । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रहरीले शव भेटिएकै दिन मंगलबार राति उनकै छिमेकी २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।

सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरिएकोमा पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ ।

सोमबार साँझ बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोबाटै हराएकी थिइन् । अर्धनग्न अवस्थामा मामाघरबाट ५० मिटर परको झाँडीमा मंगलबार बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस