करिब ७२ लाख भारुसहित एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करिब ७२ लाख भारुसहित एक पक्राउ


७ आश्विन २०७५, आइतबार


पक्राउ

कैलाली । कैलालीमा आलुको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका, १ का ३१ वर्षीय कृष्णराज जोशी रहेका छन् ।

जोशीलाई सशस्त्र प्रहरीले भजनी नगरपालिका, ३ बर्दघाटबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट से ४ प ६७६० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

अवैध पैसालाई आन्तरिक राजश्व कार्यालय कैलालीमा पठाइने र पक्राउ व्यक्तिलाई चोरी तथा सामाजिक अपराध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस