इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता कात्तिकमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता कात्तिकमा


१ आश्विन २०७५, सोमबार


काभ्रेपलाञ्चोक । इण्डो नेपाल कराँते प्रतियोगिता आउँदो कात्तिकमा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगिता–२०७५ आयोजना गरिने भएको छ ।

नेपाल क्योकिशिन–सेइसिन काइकान कराँते सङ्घद्वारा आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आउँदो कात्तिक महिनाको १६ र १७ गते हुने उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह क्योकुशिन–सेइसिन (फूलकन्ट्याक्ट) कराँते प्रतियोगितामा महिला र पुरुष सात÷सात तौल समूहमा विभाजन गरी ३०० र प्रथम इण्डो–नेपाल खुला तौल समूह फूल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन) कराँते प्रतियोगितामा खुला तौल समूहका नेपाल र भारतका १०० गरी ४०० खेलाडी सहभागी रहने जनाइएको छ ।

नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३०, ४०, ४५, ५०, ५५ र ५५ केजीभन्दा माथि तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस