ट्रायल पास गराइदिने भन्दै रकम माग गर्नेे तीन पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ट्रायल पास गराइदिने भन्दै रकम माग गर्नेे तीन पक्राउ


२९ भाद्र २०७५, शुक्रबार


पक्राउ

भक्तपुर । लाइसेन्सको ट्राइलमा पास गराइदिने भनि पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित इगो सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग पास गराइदिन्छु भन्दै रकम माग गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस