दृष्टिका सम्पादक श्रेष्ठलाई बयानका लागि उपस्थित हुन प्रहरीको पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दृष्टिका सम्पादक श्रेष्ठलाई बयानका लागि उपस्थित हुन प्रहरीको पत्र


२७ भाद्र २०७५, बुधबार


काठमाडौँ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई बयानका लागि उपस्थित हुन प्रहरीले पत्र काटेको छ ।

समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा नियन्त्रणमा लिइएका खोजतलास साप्ताहिकका प्रधानसम्पादकको बयानका आधारमा महानगरीय प्रहरी कार्यालय ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरी कार्यालयमा उपस्थित हुन पत्राचार गरेको हो ।

‘दृष्टि साप्ताहिकको वर्ष ३५ अंक ४२, २०७५ भदौं १९ गते प्रकाशित अंकमा ‘हरिसिद्धिको जग्गा गैर कानुनी रुपमा बिक्री गर्न सांसदहरुकै दवाव’ शिर्षकमा समाचार खोजतलासले साभार गरेको बयान प्रहरीमा दिएकोले त्यस विषयमा बुझ्न भन्दै दृष्टि मिडिया प्रा.लि.लाई प्रहरीले बयानका लागि बोलाएको हो,’ दृष्टि साप्ताहिकले आफ्नो वेबसाइटमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस