महेन्द्रनगर । निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त भन्दै पक्राउ परेका दिलिपसिंह विष्ट सामान्य तारेखमा रिहा भएका छन् । विष्टलाई प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालय कञ्चनपुरले सामान्य तारेखमा रिहा गरेको हो ।
तत्कालिन प्रहरी प्रमुख (हाल निलम्बित) डिल्लीराज विष्टले घटनाको मुख्य अभियुक्त ठहर गर्दै मानसिक सन्तुलन ठिक नभएको दिलिपलाई सार्वजनिक गरेका थिए ।
यस्तै घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सामान्य तारेखमा रिहा भएका छन् ।