बन्धक बनाएर बालिका बलात्कार गर्ने एक पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बन्धक बनाएर बालिका बलात्कार गर्ने एक पक्राउ


२५ भाद्र २०७५, सोमबार


pakrau

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट एक बलात्कारी पक्राउ परेका छन् ।

१३ र १४ वर्षीया दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा कीर्तिपुर -७ हनुमानघाट बस्ने २५ वर्षीया हेम खत्री पक्राउ परेका हुन् ।

महानगरीय प्रहरीवृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । दुवै बालिका ४ दिन अघिदेखि हराइरहेकोमा उनीहरु बन्धक बनाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालिका दुवैजनालाई स्वास्थ्य परीक्षणका लिगि प्रसुतिगृह पठाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस