युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती


२४ भाद्र २०७५, आइतबार


काठमाडौं । आज भाद्र कृष्ण औँसी । युवाकवि मोतिराम भट्टको १५३ औँ जन्मजयन्ती पनि हो । विभिन्न साहित्यिक कार्यक्रम गरी देशभर युवा कवि मोतिराम भट्टको जन्मजयन्ती मनाइँदै छ ।

युवा कवि मोतिराम भट्ट वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका थिए । उनले नेपाली साहित्यको विकासमा ठूलो योगदान दिएका छन् ।

उनले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका हुन् । उनले नेपाली साहित्यकान श्रृङगार रसलाई बढी योगदान दिनुका साथै नेपालमा छापाखाना पनि उनले नै भित्र्याएको मानिन्छ । उनी नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

उनका विभिन्न कृतिहरु जस्तै : ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत प्रकाशित छन् ।

उनले आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजेर वि.सं. १९४१ मा प्रकाशन समेत गराएका थिए । कवि मोतिराम भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस