पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई


२१ भाद्र २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको आज बसेको बैठकले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकले चालू आर्थिक वर्ष २०७५/७६ भित्र सबै भूकम्पपीडितलाई पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको छ। पौने ९ लाख लाभग्राही मध्ये हालसम्म करिब सबा २ लाख भूकम्पपीडितले मात्रै पूरा किस्ता अनुदान पाएका छन् । बाँकी लाभग्राहीलाई चालू आवमै पूरा किस्ताबापतको रकम वितरण गर्ने निर्णय बैठकले गरेको हो ।

निजी आवास पुनर्निर्माणको प्रमाणिकरण, निरीक्षण स्थानीय तहले गर्ने गरी जिम्मेवारी दिइने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस