एशियाली खेलकूद : जुडोमा नेपाल पदकविहीन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एशियाली खेलकूद : जुडोमा नेपाल पदकविहीन


१५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ ।

आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए ।

पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।

बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए ।

यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी पहिलो चरणमा नै पराजित भएका थिए । नेपालबाट जुडोमा आठ खेलाडीले सहभागिता जनाएका थिए । यही भदौ २ गतेदेखि शुरु भएको एशियाली खेलकूद शनिबार सकिँदैछ । जारी प्रतियोगितामा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपालले प्याराग्लाइडिङमा एउटा मात्र रजत पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस